२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

भैरहवाबाट काठमाडौंका लागि हिडेको ट्रक त्रिशूलीमा खस्यो, सहचालक बेपत्ता



चितवन ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा सहचालक बेपत्ता भएका छन् । ट्रक चालक घाइते छन् ।
रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गएराति करिब साढे १ बजे त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।
ट्रक सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  ७ : ५२ बजे