२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

त्रिशूली दुर्घटना अपडेटः बेपत्ता ट्रकका सहचालकको शव फेला



चितवन ।
त्रिशूली नदीमा ट्रक खस्दा बेपत्ता भएका सहचालकको शव करिब पाँच घण्टापछि फेला परेको छ । मृत्यु हुनेमा दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
भैरहवाबाट काठमाडौंतर्फ गइरहेको ना ४ ख १७९६ नम्बरको ट्रक पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका–५ मुग्लिन बजार नजिकै त्रिशूलीमा खसेको थियो । शुक्रबार राति २ः५५ बजे ट्रक सडकबाट करिब ८० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।
ट्रकका चालक ललितपुरका ४६ वर्षीय माधव थापा मगरलाई प्रहरीले तत्कालै उद्धार गरेको थियो । उनको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिनबाट एक किलोमिटर उत्तरतर्फ रहेको छ । ट्रक पानीमा डुबेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  १० : १३ बजे