२५ मंसिर २०८२, बिहिबार | Fri Dec 12 2025

डेंगुको संक्रमणबाट धरानमा एकजनाको मृत्यु



सुनसरी ।
धरानमा दुई महिनाअघि फैलिएको डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ। धरान १५ का ४० वर्षीय मनु सुनुवारको उपचारको क्रममा मृत्यु भएको हो।

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको हो।

शुक्रबार बिहान उपचारका लागि प्रतिष्ठान ल्याइएका सुनुवारलाई दिउँसो आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। उनको उपचारको क्रममा शुक्रबार राति निधन भएको प्रतिष्ठानका कर्मचारी सुजेन्द्र तामाङले जानकारी दिए।

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  १ : ०४ बजे