काठमाण्डाै ।
सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा तीन जनाको ज्यान गएको छ ।
भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ गइरहेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणी नजिक दुर्घटनामा परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५ वर्षीया बालिका, ३५ वर्षीया महिला र ४० वर्षीय पुरुष छन् । उनीहरूको पहिचान खुलेको छैन । पौडेर बाँचेका मोटरबोटका चालक सुमन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बोटमा चढ्न ११ जनाको टिकट काटिएको देखिए पनि १६ जना रहेका पाइएको छ । चालकसहित १० जनाकाे उद्धार भएकाे छ । दुर्घटनाको कारण खुलेको छैन ।











प्रतिक्रिया