२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

४३ केजी चरेससहित वृद्धा पक्राउ



चितवन ।
चितवनमा ४३ केजी चरेससहित भारतीय एक वृद्धा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार भारत मोतिहारीकी ७० वर्षीया नुर्जाहा खातुन पक्राउ परेकी हुन्। उनी रत्ननगर नगरपालिका–२ मा छोरीको घरमा बस्दै आएकी थिइन्। उनलाई इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको टोलीले सोमबार राति करिब साढे १० बजे राति पक्राउ गरेको हो। खतुनलाई चरेससहित इलाका प्रहरी कार्यालय टाँडीमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।

प्रकाशित मिति : ३१ असार २०७६ मंगलबार ००:००  १ : ०२ बजे