२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

बन्दको अवज्ञा गरेको भन्दै झापामा बस तोडफोड



झापा ।
बन्दको अवज्ञा गरेको भन्दै झापामा यात्रुबहाक बसमा तोडफोड भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–१० स्थित बुट्टबारीनजिकै शनिवार बिहान बस तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २७९५ नम्बरको सूर्योदय यातायातको बस तोडफोड भएको हो । तीन वटा मोटरसाइकलमा माक्स लगाएर आएका एक समूहले बसमा ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।’ संविधानले व्यवस्था गरेको समावेशी तथा आरक्षण कोटा लोकसेवा आयोगले कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंंघका आवद्ध संघ संस्थाहरुले प्रदेश १ मा शनिवार बन्दको घोषणा गरेका छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६ शनिबार ००:००  १२ : ५२ बजे