२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नदीमा डुबेर रौतहटमा २ बालिकाको मृत्यु



रौतहट ।
रौतहटमा शनिबार दिउँसो लालबकैया नदीमा डुबेर २ जना बालिकाको ज्यान गएको छ। जिल्लाको देवाही गोनाही नगरपालिका ५ स्थित नदीमा डुबेर ती २ बालिकाको ज्यान गएको हो। सोही गाउँ बस्ने स्व.रामनरेश साहकी १० वर्षीया छोरी पिंकी कुमारी र रामानन्द साहका ८ वर्षीय छोरी निरुताकुमारी साहको ज्यान गएको इलाका प्रहरी कार्यालय देवाही गुनाहीका प्रहरी निरीक्षक बद्रीबहादुर पौडेलले जानकारी दिए। बिहान बकैया नदीको किनारमा बाख्रा चराउन गएका ती बालिकाको ज्यान गएको प्रहरी निरीक्षक पौडेलले बताए। यसैबीच जिल्ला प्रहरी कार्यालय रौतहटले पानीजन्य प्रकोपको कारण यस जिल्लामा मात्र १७ जनाको मृत्यु भएको र २ जना बेपत्ता भएको जानकारी दिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०७६ शनिबार ००:००  ४ : ०८ बजे