४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितको निधन



एजेन्सी ।
भारतको राजधानी दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको शनिबार निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरुले उनको निधन पुष्टि गरेका हुन्।
उनी कांग्रेसको तर्फबाट १५ वर्ष दिल्लीकी मुख्यमन्त्री रहेकी थिइन्। उनी केन्द्रीय मन्त्री पनि बनेकी थिइन्। उनी कांग्रेसका पुराना नेता उमाशंकर दीक्षितकी बुहारी थिइन्। उनी ८१ वर्षकी थिइन्।

प्रकाशित मिति : ४ श्रावण २०७६ शनिबार ००:००  ४ : ३४ बजे