८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बबई नदीमा बगेका दुई जनाको सकुशल उद्धार



बर्दिया ।
बबई नदीमा बगेका दुई जनाको सकुशल उद्धार गरिएको छ। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बबई नदीमा आएको बाढीमा दाउरा निकाल्न जाँदा बाढीले बगाएका दुई जनाको सकुशल उद्धार गरिएको हो। बाढीले बगाएर ल्याएका दाउरा निकाल्न नदी किनारमा गएका बेला बारबर्दिया नगरपालिका–११ खुन्तीपुरका रामभरोसे थारु र अर्का एक जनालाई बाढीले बगाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ जानकारी दिए। उनीहरुलाई सकुशल उद्धार गरिएको छ। नेपाल रेडक्रस बर्दियाको उद्धार टोलीले उनीहरुलाई बगेको स्थानबाट करिब दुई किलोमिटर तल रहेको रामभरोसे थारुलाई गुलरिया नगरपालिकाको भैँसाहीबाट र अर्कालाई बालापुरबाट उद्धार गरिएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए। नदीमा पानीको बहाव बढ्ने क्रम रहेकाले बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ८ श्रावण २०७६ बुधबार ००:००  १२ : ४३ बजे