४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

तीन दिन देशैभर वर्षाको सम्भावना



काठमाडौं ।

देशका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। चुरेबाट बग्ने खोलाहरु बढ्न सक्ने  भएकोले बुधबार सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।

‘मनसुनको न्यून चापीय रेखा नेपालको  तराई भू-भाग नजिकै अवस्थित छ, जसका कारण नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ’, महाशाखाले भनेको छ।

त्यस्तै बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा भारी वर्षा हुने समेत महाशाखाले जनाएको छ। बिहीबार पनि देशभर सामान्य बदली भएर केही स्थानहरुमा वर्षा हुने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७६ बुधबार ००:००  ३ : ०९ बजे