२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

झापाको दमकमा ग्याङ फाइट, एक जनाको मृत्यु



काठमाडौं ।
झापाको दमकमा ग्याङ फाइट भएको छ। बुधबार अपरान्ह दुई वटा समूहबीच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ।
छुरा प्रहारबाट गम्भिर घाइते भएका एक जनाको उपचारका क्रममा स्थानीय आम्दा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दमक २ का १८ वर्षीय विक्रम लिम्बु रहेका छन्। तीन जनाको समूहले उनलाई छुरा हानेको प्रहरीले जनाएको छ। आक्रमणकारी फरार छन्।
पुरानो रिसइबीका कारण घटना भएको जनाइएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७६ बुधबार ००:००  ६ : ३४ बजे