८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

लामखुट्टे धपाउन बालेको आगोले घरै ध्वस्त



पर्सा ।
लामखुट्टे धपाउन गाई गोठमा बालेको आगो सल्किएर घर नै ध्वस्त भएको छ। पर्साको बहुदरमाई नगरपालिकाका २ सिसियाडी टोलका दुर्गा साह तेलीको घर लामखुट्टे धपाउन बालेको आगो सल्किएर नष्ट भएको हो। आगलागीबाट तेलीको घरको अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ भने गोठका दुई वटा गाई पनि जलेर मरेको पर्सा प्रहरीले जनाएको छ। सुरुमा गोठमा सल्केको आगोले दुईवटा गाई जलेर मरेको र पछि त्यो आगो घरतर्फ सल्कँदा घरको अन्नपात तथा लत्ताकपडा पनि पूरै जलेर नष्ट भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। आगलागीबाट तेलीको करिब आठ लाख जति क्षति भएको प्रहरीले अनुमान गरेको छु उनले भने। काठ र एलबेष्टरले बनेको गाई गोठमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर क्षति पुगेको पर्सा प्रहरीले जनाएको हो। सानो हेलचेक्र्याइले गर्दा वर्षातको समयमा पनि आगलागीबाट तेली परिवार पीडित बन्नु परेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २४ श्रावण २०७६ शुक्रबार ००:००  २ : ४८ बजे