२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

चर्चित तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन



एजेन्सी ।

तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ।
हास्यप्रधान तथा खलनायक चरित्रका लोकप्रिय रेड्डीको मंगलबार आफ्नै निवासमा हृदयघातबाट निधन भएको हिन्दुस्थान टाइम्सले जनाएको छ।

उनी रेडी, समरसिम्हा रेड्डी तथा प्रेमिनचुकुंदम रा जस्ता सिनेमाका लागि चर्चित छन्। उनले सन् १९८८ ब्रह्मापुत्रु सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए। अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको सरिलरू निकेवरूु सिनेमामा काम गरेका थिए।

प्रकाशित मिति : २३ भदौ २०७७ मंगलबार ००:००  १ : ०७ बजे