६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मुख गन्हाउने समस्या छ ? यी घरेलु उपाय अपनाउनुस्



काठमाडौं ।
मुख गन्हाउने समस्याले धेरैलाई सतारइरहेको हुन्छ । यो साधारण समस्या हो तर पनि यसले धेरैलाई दुख दिएको हुन्छ । मुख गन्हाउने समस्या धेरै कारणले हुन सक्छ । चिकित्सकीय भाषामा यसलाई ‘हलिटोसिस’ भनिन्छ । जुन ब्याक्टेरियाको कारणले हुन्छ। जब हामी केहि खान्छौं । खानामा भएको चिनी र स्टार्चले मुखमा भएका ब्याक्टेरियाहरूलाई तोड्दछ । यस प्रक्रियामा ब्याक्टेरियाहरूले एक प्रकारको ग्यास सिर्जना गर्दछ जसले गन्ध पैदा गर्दछ।

यसले कहिलेकाही दाँतमा पनि समस्या निम्त्याउँछ । यदि तपाईंलाई सासको दुर्गन्ध छ भने, सँधै टुथब्रश झोलामा राख्नुहोस् । खाना खाइसकेपछि सधै फ्लोराइड र एन्टिब्याक्टेरिया युक्त टुथपेस्ट हालेर ब्रस गर्दा सास गन्हाउनबाट मुक्ति मिल्छ ।

ब्याक्टेरिया जिब्रोमा पनि रहने हुनाले जिब्रो पनि सफा गर्नुपर्छ । दाँतको बीचमा भएका खानेकुराहरु पनि निकाल्नुपर्छ जसले मुखमा हुने दुर्गन्ध हटाउन मद्दत गर्दछ ।

सुख्खा मुखका कारण पनि मुख गन्हाउन सक्छ । मुखमा रहेको लार ग्रन्थीहरूले पर्याप्त मात्रामा लार उत्पादन गर्दैनन् भने, मुख सुक्न थाल्छ। यो शरीरमा पानीको अभावको कारण हुन सक्छ । डिहाईड्रेसन वा कुनै प्रकारको औषधि वा खानाको कारण पनि। त्यसैले जाडो वा गर्मीमा पर्याप्त मात्रामा पानी पिउन पर्दछ । हरेक व्यक्लिाई पानीको आवश्यकता पर्दछ तर एक वयष्क व्यक्तिले दिनको २ देखि ३ लिटर पानी पिउँनुपर्दछ ।

एन्टिऑक्सिडन्ट युक्त हरियो चियामा इजीसीजी नामक तत्व पाइन्छ । जुन स्वास्थ्यको लागि धेरै लाभदायक छ ।

दहीमा स्वस्थ्यका दृष्टिले लाभदायक जीवाणुहरू पाइन्छ । जसलाई ल्याक्टोबसिलस भनिन्छ। यी स्वस्थ ब्याक्टेरियाहरूले शरीरको विभिन्न भागहरूमा रहेका खराब ब्याक्टेरियासँग लड्न र नियन्त्रण गर्न मद्दत गर्दछ।

खाना खाए पछि सुप खाने चलन छ । यसको कारण यो छ कि सुपको स्वाद मीठो छ र यसमा पाइने आवश्यक तत्वले सासलाई गन्हाउन दिँदैन् । सुप सादा, भुटेको वा चिनी, मिश्रीको साथ मिलाएर खान सकिन्छ । यस बाहेक सुन्तलाले पनि मुखको स्वच्छता बढाउन मद्दत गर्दछ।

भिटामिन सीले भरिएको सुन्तलाले लारको उत्पादन बढाउन मद्दत गर्दछ, जसले सासको दुर्गन्ध हटाउन सक्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  १ : १३ बजे