१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाणगंगा कोरोना अपडेटः १२५ परिक्षण गर्दा १२२ जनामा पोजेटिभ



मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा नगरपालिकामा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख २२ गते पिसीआर परिक्षण गरिएका मध्ये १२२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका मध्ये ३ जनाको बुटवलका विभिन्न हस्पतालमा उपचार भैरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेको वाणगंगा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी लाई जानकारी दिनुभयो । थपिएका मध्ये सबैवडाका रहेका छन् । नगरपालिकामा समुदाय स्तरमै संक्रमण फैलिएकाले विशेष सावधानी अपनाउन पौडेलले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८ सोमबार ००:००  ३ : ४१ बजे