कपिलवस्तु ।
गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समूह, बुद्धभूमि नगरपालिका–५ ले रसुवाबाढी पीडित तथा प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा नगद २१ हजार रुपैयाँ सहयोग गरेको छ।
समूहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा जम्मा गरेको अध्यक्ष अजिउल्ला मुसल्मानले बताउनुभयो ।
बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको समूहले जनाएको छ। प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित तथा प्रभावितहरूको सहयोगका लागि स्थानीय समुदायबाट गरिएको यस सहयोगलाई मानवीय र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिइएको छ।









प्रतिक्रिया