७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुमा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु, थप ७६ जनामा संक्रमण



मायादेवी अनलाइन, जितपुर ।
कोरोना संक्रमणबाट कपिलवस्तुमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका हुन् ।

मृतक मध्ये एक जनाको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा मृत्यु भएको हो भने एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

यस्तै एकजनाको अक्सिजन अभावमा एम्बुलेन्स मै ज्यान गएको घिमिरेले पुष्टि गर्नुभयो । अन्यको भने जिल्लाका विभिन्न आइसोलेसनमा ज्यान गएको हो ।

यस्तै बुधबार जिल्लामा थप ७६ संक्रमित थपिएका छन् भने ४२ जना निको भएका छन् । उनीहरु केही होम आइसोलेसन र केही जिल्लाका विभिन्न आइसोलेसनमा रहेका छन् ।

यो संगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ भने ११ सय ७७ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  ६ : ३३ बजे