७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुमा थप ७ जना कोरोना संक्रमितको मृत्यु



कपिलवस्तु ।
कपिलवस्तुमा कोरोना संक्रमणबाट शुक्रबार सशस्त्रका नायब निरीक्षकसहित ७ जनाको मृत्यु भएको छ । सशस्त्रको २८ नम्बर गणमा दरबन्दी भइ यशोधरा गाउँपालिका अन्तर्गत डंगरी बीओपीमा कार्यरत नायब निरीक्षकको मृत्यु भएको हो ।
त्यस्तै सोही गाउँपालिकाकै अर्का एक पुरुषको पनि मृत्यु भएको छ । दुवै जनाको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै बिहान मृत्यु भएको हो । शिवराज नगरपालिकाका दुई पुरुष र कपिलवस्तु नगरपालिकाका दुई पुरुषको पनि मृत्यु भएको छ ।
त्यस्तै वाणगंगा नगरपालिकाका एक पुरुषको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । यशोधरा गाउँपालिका बाहेकका अन्यको मृत्यु घरमै आइसोलेसनमा बसेको बेला मृत्यु भएको हो ।
जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ । जिल्लामा कोरोनाका सक्रिय संक्रमित बढेर १४२० पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८ शुक्रबार ००:००  ६ : ४३ बजे