१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा कोरोनाको मृत्युदर घट्दोः थप ५६ जनामा संक्रमण पुष्टि, ३ को मृत्यु



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा कोरोना भाइरसको दैनिक संक्रमण र मृत्युदरमा कमी आएको छ । शनिबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार शनिबार ५६ नयाँ संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
शुक्रबार जिल्लामा ७ जना संक्रमितले ज्यान गुमाएका थिए ।

यस्तै ३० गते ८, २९ गते १० र २८ गते १२ जनाले ज्यान गुमाएका थिए । पछिल्लो ४ दिनको मृत्युदरलाई तुलना गर्दा शनिबार मृतकको संख्या घटेको हो ।

शनिबार मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नम्बर ११ का ४४ बर्षीय पुरुष, यशोधारा गाउँपालिका वडा नम्बर ४ र ५ का दुई पुरुषको ज्यान गएको कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १४७६ पुगेको छ भने मृतकको संख्या १२० पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८ शनिबार ००:००  ७ : ०८ बजे