७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कपिलवस्तुमा थप ७ जना कोरोना संक्रमितको मृत्यु



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा बुधबार ७ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार १ जनाको होम आइसोलेसनमा र अन्य ६ जनाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक मध्ये बुद्धभूमि नगरपालिका वडा नम्बर १ र १० का एक पुरुष र महिला, कपिलवस्तु नगरपालिका वडा नम्बर १२ र ४ का २ पुरुष, शुद्धोधन गाउँपालिका वडा नम्बर १ का २ पुरुष र शिवराज ५ का एक पुरुष रहेका छन् ।

उनीहरुमध्ये बुद्धभूमि १० का एक पुरुषको घरमै निधन भएको कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।

यस्तै बुधबार नै थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या शुन्य छ ।

यो संगै जिल्लामा सक्रिय संक्रमित संख्या १३६६ पुगेको छ भने १४६ जनाको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८ बुधबार ००:००  ६ : १६ बजे