१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा १ हजार ३ सय ६६ जना कोरोनाका सक्रिय संक्रमित



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना माहामारीबाट सक्रिय संक्रमित मध्ये हालसम्म निको हुने २ हजार ९ सय ७६ रहेका छन् ।

कोरोना माहामारीका कारण जिल्लामा मृत्यु हुनेको संख्या भने १ सय ४८ पुगेको छ । स्वास्थ्य कार्यालयका फोकल प्रर्सन उमेश घिमिरेका अनुसार विहीवार थप २ जना सहित हालसम्म कोरोना कारण मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको हो ।

अहिले जिल्लामा सक्रिय संक्रमित १ हजार ३ सय ६६ जना छन् भने कुल संक्रमित ४ हजार ४ सय २४ रहेकोमा निको हुने २ हजार ९ सय ७६ रहेका हुन् ।

कोरोनाको रोकथाम र नियन्त्रण गर्न जिल्लामा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा गरिएकोमा संक्रिय संक्रमितको संख्या बढ्दै गएपछि जेष्ठ १० गतेसम्म थप निषेधाज्ञा गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।

भारतमा रोजगारी गर्न गएका नेपाली कृष्णनगर, चाकरचौडा, मर्यादपुर नाका हुँदै दैनिक ३ सयको हाराहारीमा आएको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य परिक्षण पछि मात्र छाडिने भएपनि सक्रिय संक्रमितलाई भने होम आइसोलेशनमा राखि १० दिनको उपचार पछि अवस्था हेरेर सम्वन्धीत जिल्लाका पालिकाको समन्वयमा मात्र छाड्ने गरिएको स्वास्थ्यका अधिकारी बताउँछन् ।

उता जिल्ला अस्पतालमा कोरोना संक्रमित विरामी बढेपछि प्रयाप्त अक्सिजन अभावमा उपचारमा समस्या भएपछि संघीय सरकारले तत्काल अक्सिजन प्लान्ट निर्माणका लागि डेढ करोड रकम विनियोजन गरेकाले प्लान्ट निर्माणको काम अगि बढेकोे अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर किशोर बन्जाडेले बताउनुभयो ।

जिल्लामा कपिलवस्तु अस्पतालसहित पिपरा अस्पताल, चारनम्वर स्थित सामुदायिक अस्पतालमा कोरोना संक्रमित विरामीको उपचार हुने गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ६ : ४० बजे