२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

भाजपाका केन्द्रीय उपाध्यक्ष नै त्रिणमूल कांग्रेसमा प्रवेश



काठमाडौ ।


सत्तारुढ भारतीय जनता पार्टी भाजपा का केन्द्रीय उपाध्यक्ष मुकुल रायले सो पार्टी परित्याग गरेका छन्।

उनी आफ्ना छोरा सुभ्रान्सुसहित त्रिणमूल कांग्रेस ( टीएमसी) मा प्रवेश गरेका हुन्।

मुकुल सन् २०१७ अघि त्रिणमूल पार्टीमै थिए। सो पार्टीकी प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग मनमुटाव भएपछि उनी भाजपामा प्रवेश गरेका थिए।

भाजपाले उनलाई केन्द्रीय उपाध्यक्षमा नियुक्त गरेको थियो। भाजपाप्रति ममता निकै कठोरतापूर्वक प्रस्तुत हुने गरेकी छिन्।

पार्टी कार्यालयमा मुकुललाई स्वागत गर्दै ममताले उनी टीएमसीकै सदस्य रहेको र चुनाव अभियानका क्रममा पनि टीएमसीको विरोधमा कुनै कुरा नगरेको बताएकी बीबीसी हिन्दीमा खबर छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  १२ : २९ बजे