७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाढी वितण्डाः वनगाई-कोपवा जोड्ने कजवे भत्कियो



मायादेवी अनलाइन, चारनम्बर ।

अविरल वर्षासंगै आएको बाढीले कपिलवस्तुको वनगाई-कोपवा जोड्ने कजवे भत्किएको छ । वाणगंगा नगरपालिका ७ खुटेनीमा रहेको कजवे बुधवार दिउँसो ३ बजे भत्किएको स्थानीयले बताएका छन् ।

कजवे भत्किने बेला त्यहाँ कोही नभएको कारण मानवीय क्षती भने हुन पाएन् । वनगाई-कोपवा जोड्ने उक्त कजवे भत्किएसंगै वनगाई-कोपवा सम्पर्क विच्छेद भएको छ । अविरल वर्षासंगै आएको बाढीले कजवे भत्काएपछि स्थानीयलाई आवत-जावतमा समस्या हुने भएको छ । ठेकेदारको लापरवाहीका कारण अब वर्षाको समयमा स्थानीयले सास्ती खेप्नुपर्ने भन्दै यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने उनीहरुको भनाई छ ।

चार वर्षअघि केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि कन्टक्सनले ३ करोड बढी लागत बजेटबाट निर्माण भएको सो कजवे मर्मतमा स्थानीय तहको समयमै ध्यान नपुग्दा क्षती भएको स्थानीयले बताएका छन् ।

३ दिन देखिको वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिरो जानका साथै ठूलो जनधनको क्षति भएको छ । बाढी आउन सक्ने भएकाले नदीको छेउछाउमा नजान स्थानीयलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७८ बुधबार ००:००  ५ : ०८ बजे