१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कपिलवस्तुः यी क्षेत्रमा लकडाउन थप खुकुलो पारिदै



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा पछिल्लो पटक थपिएको लकडाउन सोमबार (आज) राति १२ बजे सकिदै छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसीएमसी) ले पाचौं पटकका लागि गएको जेठ ३१ गते थप गरेको लकडाउनको समय आज सकिन लागेको हो । यद्यपि जिल्लामा आशिंक लकडाउनको अवधि भने थप हुने भएको छ ।

जिल्लामा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण विस्तारै कम हुँदै गएकाले लकडाउनलाई खुकुलो बनाउन लागिएको हो । विगत बैशाख २१ देखि जिल्लामा लकडाउन लागु भएपनि गएको जेठ ३१ गते राति १२ बजेदेखि थप खुकुलो बनाइएको थियो ।

पछिल्लो हप्ताको लकडाउनमा सरकारी कार्यालय खुल्ला भएका छन भने व्यापारी व्यवसायीले विहान ९ देखि साँझ ५ बजेसम्म पसल सञ्चालनको अनुमति पाएका छन् ।

स्रोतका अनुसार सोमबार बस्ने डिसीएमसीको बैठकले जिल्लामा लकडाउनलाई थप खुकुलो बनाउँदै छ । अब सबै सरकारी कार्यालय खुल्ला हुनेछन् भने समस्यामा परेका पसल, व्यवसायलाई पहिचान गरी थप खुकुलो बनाइने छ । विहान ९ बजे देखि साँझ ५ बजेसम्म खुलाउने भनिएको पसलबारे पनि थप छलफल हुने छ । यो निर्णय अव्यवहारिक भएको भन्दै टिप्पणी हुँदै आएको छ ।

यस्तै लकडाउनबारे धेरै क्षेत्रमा खुकुलो पारिए पनि सार्वजनिक यातायातका साधन भने पूर्ण रुपमा रोक लगाइने छ । बाहिरी जिल्लाले लिने निर्णयको आधारमा यस बारे थप निर्णय हुने डिसीएमसी स्रोतले बताएको छ ।

प्रकाशित मिति : ७ असार २०७८ सोमबार ००:००  ७ : ४२ बजे