८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुका एसपी अधिकारीको सरुवा, आउने भए कार्की



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीको सरुवा भएको छ । झण्डै एक बर्ष जिल्लामा विताउनुभएका अधिकारीको नियमित सरुवा भएको हो । अधिकारीको सरुवा भएसंगै नयाँ प्रहरी प्रमुखको रुपमा जिल्लामा दान बहादुर कार्की आउनुहुने भएको छ ।

अधिकारी एक बर्ष जिल्लामा हुँदा लागु औषध र चोरी तस्करीका सवालमा कडा रुपमा प्रस्तुत हुँदै आउनुभएको थियो । पछिल्लो समय नेकपा (माआवादी केन्द्र)का नेता दीपक पाण्डे हत्याको सुक्ष्म अध्ययन गरी दोषि पत्ता लगाई सर्वाजनिक गर्न सफल हुनुभएको थियो ।

जुन घटनाको सत्य, तथ्य समयमा नै बाहिर ल्याउन सफल हुनुभएको भन्दै उहाँलाई प्रहरीको उच्च नेतृत्वले प्रशंसा गरेको थियो । यद्यपि जिल्ला भित्र उहाँको कार्यकाल समग्रमा राम्रो वितेपनि विवादरहित भने हुन सकेन् । पछिल्लो समय ९० बोरा मल बोकेको ट्रकलाई भन्सार चलान गरेपछि उहाँको नेतृत्वदायि भूमिकामा प्रश्न उठेको थियो । कपिलवस्तु आउन लाग्नु भएका कार्की यस अगाडी कास्की लगायतका जिल्लामा प्रहरी प्रमुख भएर काम गरिसक्नु भएका प्रहरी अधिकृत हुनुहुन्छ भने अनुसन्धानमा पनि उहाँको राम्रो दख्खल भएको प्रहरी वृत्तबाटै कुरा आउँछ ।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  ७ : ३४ बजे