मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको बैठक सम्पन्न भएको छ । मंगलबार सघंको सभाहल चार नः जितपुरमा पाचौँ नियमित बैठक सम्पन्न भएको हो । बैठकले भोलि बुधबारबाट माक्स बैंक स्थापना गर्ने निर्णय गरेको छ । कोरोना महामारीको तेस्रो लहर आउने चेतावनी आईरहेका बेला अनिर्वाय माक्स लगाउन र भौतिक दुरी कायम राख्न आवश्यक देखिएकाले सघंको पहलमा भोलिबाट माक्स बैंक स्थापना गर्न बाणिज्य उपाध्यक्ष खुमानन्द घिमिरे संयोजक रहने गरि काम गर्ने निर्णय भएको सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।
साथै बैठकले भदौ ७ गतेबाट सुरु गरी भदौ १५ गतेभित्र सघंको कार्य क्षेत्रमा क्षेत्रगत समिति गठन गर्ने निर्णय गर्दै जिम्मेवारी समेत तोकेको छ । त्यस्तै ब्यवसायीहरुलाई कारोबारमा सहज होस भन्नका लागि आइपिएस तालिम सञ्चालन गर्ने निर्णय भएको सघंका महासचिव मनोज पौडेलले जानकारी दिए । आफना सदस्य र उनीहरुका परिवारलाई कोरोना बिरुद्धको खोप ब्यवस्थापनका लागी सम्बन्धीत ठाँउमा पहल गर्ने निर्णय भएको महासचिव पौडेलले बताए ।
बैठकले १२ औ कपिलवस्तु महोत्सवको पुर्व तयारीका लागी छवि रेश्मी मगर संयोजक, बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री) र मिना पौडेल सदस्य रहने गरि पुर्व तयारी समिति समेत गठन गरेको छ ।
बैठकले वस्तुगत उपाध्यक्ष शालिकराम भुसाल र एसोसियट उपाध्यक्ष बिरेन्द्र खाण संयोजक रहने गरि बस्तुगत र एसोसियट तर्फका ब्यवसायीहरुको भेला गर्ने समेत निर्णय गरेको छ । सो अवसरमा सघंका निबर्तमान अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर लगायतले आआफनो धारणा राखेका थिए ।







प्रतिक्रिया