४ चैत्र २०८०, आइतबार | Sun Mar 17 2024

दिनमा एक चम्चा मह खानुस्, पाइन्छ नसोचेको फाइदा



काठमाडौं ।
महका फ्याट, कोलेस्ट्रोल र सोडियम हुनाले यसले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा एन्टीसेप्टिक, एन्टीबायोटिक, भिटामिन बी१ र बी६ भरपूर मात्रा हुन्छ । स्वास्थ्य र सुन्दरता दुवैका लागि लाभदायक हुन्छ । जाडोमा हुने ससाना समस्याबाट यसले बचाउँछ ।

महमा भएको ग्लुकोजलाई शरीरले तत्कालै सोस्छ जसले गर्दा शरीरमा ऊर्जा कायम रहन्छ । अनि व्यायामअघि दुई चम्चा मह खाँदा थकान अनुभव हुँदैन । चिया वा कफी पिउँदा पनि चिनीको साटो मह खाने गर्नुस् ।

दिनको दुई चम्चा मह खाँदा खोकी लाग्दैन । यसमा एन्टीमाइक्रोबियल गुण भएकाले गर्दा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई सिध्याउँछ ।

महले रगतमा पोलिफोनिक एन्टीअक्सिडेन्टको स्तर बढाउँछ जसले गर्दा तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ ।

महबाट सेरोटोनिन रसायन निस्कने भएकाले मूड राम्रो रहन्छ । शरीरले यो सेरोटोनिन रसायनलाई मेलाटानिन रसायनमा परिवर्तन गर्छ । अनिद्राको समस्या छ भने राति सुत्नुअघि एक गिलास तातो दूधमा मह मिसाएर खानुभयो भने राम्रो निद्रा लाग्छ ।

बिहान खाली पेट मनतातो पानीमा मह र कागतीको रस मिसाएरु पिउँदा स्वास्थ्यलाई राम्रो गर्छ ।

दिनदिनै एक चम्चा मह तातोपानीमा हालेर पिउँदा रक्तचाप नियन्त्रणमा रहन्छ ।

महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ । राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी डढ्छ ।

जाडोमा महले अनुहारमा ३० मिनेटसम्म मसाज गर्नुहोस् । त्यसपछि मनतातो पानीले अनुहार सफा गर्नुस् । महले छालाका लागि प्राकृतिक मोइस्चराइजरको काम गर्छ । यसले छालामा आद्र्रता कायम राख्छ र डण्डीफोर, दाग र छाला सुक्खा हुने समस्या हटाउँछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८ आइतबार ००:००  ७ : ०८ बजे