८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

औषधीय गुण बोकेको सिस्नोका फाइदा



एजेन्सी ।
सिस्नोलाई तरकारीको रुपमा खाइने चलन छ । अझै पहाडी जिल्लाका दुर्गम स्थानमा सिस्नो र च्याँख्ला खानेलाई हेयको दृष्टिले हेर्ने चलन छ । तर यही सिस्नोको औषधीय महत्वबारे तपाइँ जानकार नहुन सक्नुहुन्छ । प्रस्तुत छ सिस्नोका केही औषधीय महत्व-सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।

– यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।
– सिस्नो गर्भवती तथा सुत्केरीलाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाइदाजनक मानिन्छ ।
– उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ ।
– प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।
– सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पुर्‍याउँछ ।
– यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल झर्नबाट रोक्ने काम गर्छ ।
– सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाट समेत रोक्ने काम गर्छ ।
– पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ ।
– शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत गर्छ ।
– शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।
साभार : ‘घरेलु आयुर्वेदिक उपचार’पुस्तकबाट

प्रकाशित मिति : ३१ आश्विन २०७८ आइतबार ००:००  ८ : २८ बजे