कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ मा मन्नान खाँ विजयी, २ को मतगणना विवादका कारण स्थगित


मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत कपिलवस्तुमा बुधबार भएको क्षेत्रीय अधिवेशनको मतपरिणाम सार्वजनिक हुन थालेको छ ।
गएराति देखि थालिएको मतगणना अन्तरगत क्षेत्र नं. १ को सभापतिमा मन्नान खाँ निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी टेकबहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

यता क्षेत्र नं. २ को मतगणना विवादको कारण स्थगित भएको छ । मतगणना स्थगित हुनुमा देउवा र पौडेल पक्षले एक अर्कामा आरोप प्रत्यारोप गरेका छन् । क्षेत्र नं. २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा सभापतिको उम्मेदवार रहनुभएको छ ।

यता क्षेत्र नं ३ को मतपरिणाम पनि अझै सार्वजनिक भएको छैन् । यहाँ हरि पोख्रेल र ब्रह्मानन्द उपाध्याय बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस