१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कृष्णनगर नाकामा एकै दिन २४ जनामा देखियो कोरोना, समुदायमा फैलिएको आशंका



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा पनि कोरोना भाइरसको तेस्रो लहर सुरु भएको छ । कोरोनाको पहिलो र दोस्रो चरणमा पनि कोरोनाबाट प्रभावित भएको कपिलवस्तुमा तेस्रो लहर फैलिन थालेको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार कृष्णनगर नाकामा गरिएको एन्टिजेन टेस्टमा २४ जनामा संक्रमण देखिएको हो ।

कृष्णनगर नाकामा शुक्रबार १ सय ५६ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा २४ जना संक्रमित देखिएका थिए ।

स्वास्थ्य कार्यालयले कपिलवस्तुको समुदायस्तरमा ओमिक्रोन फैलिसकेको भन्दै सचेत रहन चेतावनी जारी गरेको छ ।

यसबाट बच्न र बचाउन सबै जनाले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप अनिवार्य रुपमा लगाउनुपर्नेमा कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७८ शनिबार ००:००  ६ : १२ बजे