१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सञ्चालनमा आउन थाले वाणगंगा नगर भित्रका विद्यालय



मायादेवी अनलाइन, वाणगंगा ।
कोरोना भाइरसको ओमिक्रोनको लहरसंगै बन्द भएका वाणगंगा नगर भित्रका अधिकांश विद्यालय सञ्चालनमा आएका छन् । सरकारले ओमिक्रोनको संक्रमणदर न्यूनिकरणका लागि भन्दै पुसको अन्तिम सातादेखि देशभरका विद्यालय बन्द गरेको थियो ।

फाल्गुण १ देखि विद्यालय सञ्चालनको तयारीमा केन्द्र सरकार रहेको छ । कपिलवस्तुको वाणगंगा नगर भित्रका विद्यालय भने माघको अन्तिम साताबाट सञ्चालन हुन थालेका छन् ।

सरस्वती पूजाको बाहना बनाएर नगर भित्रका अधिकांश विद्यालय खुलेका हुन् । अब कोरोना संक्रमणको दर घटेको भन्दै विद्यालय सञ्चालन गरिएको निजी विद्यालयका संञ्चालकहरु बताउँछन् ।

वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले खोप प्रायोजनका लागि मात्र विद्यालय सञ्चालन भएका बताउँनुभयो । यहीँ २२ गतेबाट २७ गतेसम्म विद्यार्थीहरुलाई मोडना खोप लगाउने कार्यक्रम रहेको भन्दै यसका लगि विद्यालय खुलाएको प्रष्ट पार्नुभयो ।

‘विद्यार्थीलाई माघ १५ देखि २० गते सम्म खोप लगाउने गरि तालिका थियो, नियमित कार्यक्रम प्रभावित भएका कारण वाणगंगामा खोप लगाउने कार्यक्रम २२ गते देखि सुरु गरेका हौं, शिक्षा शाखा प्रमुख भट्टराईले मायादेवी अनलाइनलाई भन्नुभयो, खोपको कार्यक्रम सकिए पछि विद्यालय बन्द हुन्छन्, सरकारले जतिखेर विद्यालय खोल भन्छ त्यहीँ कार्यान्वयन यहाँ पनि हुन्छ ।’

प्रकाशित मिति : २४ माघ २०७८ सोमबार ००:००  ८ : ३९ बजे