मायादेवी अनलाइन, बाणगंगा ।
मंगलबार कपिलवस्तुको कोइली खोलाले बगाउँदा वेपत्ता भएका ३६ बर्षीय दिलकुमार सुनारको शव बुधबार विहान भेटिएको छ ।
मंगलबार विहान खोला तर्नेक्रममा दिलकुमारसहित उनकी श्रीमती राममाया सुनारलाई कोइली खोलाले बगाएको थियो ।
खोलाले बगाएका मध्ये राममायाको शव मंगलबारै भेटिएपनि श्रीमान दिलकुमारको शव भेटिएको थिएन् ।
बुधबार विहानै देखि उनलाई खोज्दै जाँदा कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बाबुआमासंगै खोला तरेका १२ बर्षीय छोरा निरज सुनार भने बाँच्न सफल भएका थिए ।
यो पनि पढ्नुहोस् …







प्रतिक्रिया