१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आजको मौसमः हिमाली क्षेत्रका केही स्थानमा हिमपात, तराईमा हुस्सु



काठमाडौं ।
नेपालमा अहिले पश्चिम वायुको आंशिक प्रभाव परेको छ । साथै अहिले बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज पहाडी भेगमा आंशिक बदली हुने छ । तराईका अधिकांस स्थानहरुमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो, पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभगाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती भने देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ८ : ४० बजे