४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

तोलामा २ हजारले घट्यो सुन



काठमाडौं ।

नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज  छापावाल सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो। गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ।

चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ४ पुस २०८२ शुक्रबार ००:००  १२ : २८ बजे