कपिलवस्तु ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ डुमरामा भारतीय मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।
मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ का ३२ वर्षीय नरमुल्ला खानको दुर्घटनामा मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक पंकज चुदालीले बताए। शुक्रबार दिउँसो पौने चार बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका नरमुल्लालाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो।
डाक्टरले उनलाई मृत घोषणा गरे। घटनामा गम्भीर घाइते भएका मुस्ताक अहमदलाई प्रादेशिक अस्पताल बुटवल पठाइएको चुदालीले बताए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी ५५ एबी ३४१२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर रुखमा ठोक्किँदा दुर्घटना भएको हो।







प्रतिक्रिया