२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्रमुख राजनीतिक दलहरूको अपिल



काठमाडौं । नेपालका प्रमुख राजनीतिक दलहरूले भोटेकोशीको बाढीका कारण ठूलो क्षति भएकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।

बिहीबार बिहान भएको सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प गर्दै अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका हुन् ।

‘अकल्पनीय क्षतिपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलगायतलाई अपिल गर्दछौं,’ दलका शीर्ष नेताहरूद्वारा हस्ताक्षरि अपिलमा छ ।

संयुक्त वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका महासचिव चन्दन सिंहले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : ११ भदौ २०८३ बिहिबार ००:००  १ : ४९ बजे