काठमाडौँ । कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ हस्तान्तरण गरेको छ। बिहीबार रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि बैंकले साे रकम हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले प्राप्त हुन थालेको सहयोग एकद्वार प्रणाली मार्फत आजदेखि बुझ्न थालेका हुन् ।








प्रतिक्रिया