२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

जसपाको महन्थ ठाकुर पक्षलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं ।
आधिकारिकता विवादमा सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर पक्षको निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आयोगले अध्यक्ष उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिएपछि नेता ठाकुर पक्ष अदालत पुगेको थियो।

नेता ठाकुरले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना अध्यक्ष यादव पक्षमा उभिएपछि आयोगले आधिकारिकता दिएको थियो। नेता ठाकुर पक्षमा १६ जना मात्रै उभिए।

प्रकाशित मिति : २० श्रावण २०७८ बुधबार ००:००  ५ : ०० बजे