२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

लियोनल मेस्सी पिसएसजीमा अनुबन्ध



काठमाडौं ।
बार्सिलोना स्टार तथा कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आबद्ध भएका छन्।

आज बार्सिलोनाले उनको बिदाइबारे पत्रकार सम्मेलन गरेको थियो। जहाँ मेस्सी बार्सिलोना छाड्नुपर्दा भावुक भएका थिए। उनले बार्सिलोनामा २१ वर्ष बिताए।

आज राति या भोलि बिहान उनको मेडिकल परीक्षण हुने र अनुबन्धन पत्रमा हस्ताक्षर हुने स्पेनी खेल पत्रिकाले जनाएका छन्। यद्यपि उनको पारिश्रमिक या अन्य सेवा सुविधाबारे भने जनाइएको छैन।

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  ५ : २८ बजे