चेतन विष्ट, चारनम्बर ।
नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको लम्बिनी प्रदेश संयोजकमा आशिष शर्मा मनोनित हुनुभएको छ । कपिलवस्तु निवासी शर्माले विभागमा उल्लेख्य काम गरेको भन्दै विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले शर्मालाई प्रदेशको संयोजकमा मनोनीत गर्नुभएको हो । शर्मा विभागकै केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३७ (१) को उपधारा (ज) बमोजिम देशको उद्योग वाणिज्य क्षेत्रको समग्र अध्ययन अनुसन्धान गरि नीति बनाउने र उद्योग तथा वाणिज्य क्षेत्रमा क्रियाशील संघ संस्थासँग सम्पर्क र समन्वय गर्ने कार्यमा यस विभागलाई सहयोग पु¥याउन तपाईलाई नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागको लुम्बिनी प्रदेश संयोजकमा मनोनयन गरेको छु’, पत्रमा भनिएको छ ।
संयोजकमा मनोनीत भएसँगै शर्माले भदौ दोस्रो सातासम्म बुटवलमा विभागको तर्फबाट विभिन्न कार्यक्रम राख्ने तयारी गरेका बताउनुभएको छ । उनले भन्नुभयो, “लुम्बिनी प्रदेशबाट केन्द्रीय कार्यसमितिमा रहनुभएका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू, उद्योगी व्यवसायीहरूको सुझाव तथा सल्लाहमा कार्यक्रम राख्ने छौँ ।’







प्रतिक्रिया