काठमाण्डौ ।
प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा प्रतिनिधि सभा सदस्य महतले यस्तो टिप्पणी गर्नुभएको हो । सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै उहाँले कुलमान बूढो भएपछि सरकारले के गर्छ भन्ने प्रश्न गर्नुभयो । डुबेका नेपाल एअरलाइन्स लगायतका संस्थानतर्फ पनि सांसद महतले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो – ‘पुरानो सरकारले हनुमान मात्रै देख्यो । यो सरकारले कुलमान मात्रै देख्यो । एउटा सरकारले हनुमान बाहेक अरू नदेख्ने, एउटा सरकारले कुलमान बाहेक अरू नदेख्ने । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँजेको होइन, हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुजाधुजा पारिहाले । पाँच महिनाको तलब एकै पटक हाजिर नभएका मान्छेलाई कर्मचारीले खुवाइरहेका छन् । कुलमानले विद्युत् प्राधिकरणलाई फाइदामै ल्याएका छन् । तर कुलमानबाहेक अर्को मान्छे छैन त रु कुलमान बूढो भएपछि के गर्छ त यो सरकारले रु कुलमान बूढो भएपछि अर्को कुलमान कसरी खोज्छ त रु विद्युत् प्राधिकरण मात्रै छ रु कुलमान मात्रै छ रु नेपाल एअरलाइन्स छैन रु अरू संस्थान डुबेका छैनन् रु खालि किन कुलमान मात्रै ?’







प्रतिक्रिया