२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

भारी वर्षाले कपिलवस्तुसहितको जनजिवन प्रभावित, बाणगंगासहितका नदिमा बाढी




चेतन विष्ट, चारनम्बर ।

विहिवार राति देखि लगातार परेको भारी वर्षाका कारण कपिलवस्तुु सहित अर्घाखाँची, रुपन्देही, पाल्पा, दाङ लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
गएराति १२ बजे देखि लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ठाउँ जलमग्न भएका छन् । बाटो, गल्ली, नहर लगाएत सबै ठाउँहरुमा पानी भरिदा आवतजावतमा समेत समस्या भएको थियो ।
उता अर्घाखाँचीमा पनि लगातार वार्षा भैरहेकाले घर बाहिरको काम गर्न निकै समस्या भएको जिल्लाको सितगंगा नगरपालिका १४ का स्थानिय मानबहादुुर विष्ट ले फोनमा बताउनुभयो । उहाँ भन्नुु्हुुन्छ,“ जन तन घर भित्रको काम त गर्यौ, तर राति देखि लगातार परेको पानि रोकिएको छैन । पानि धेरै ठुलो परेकाले घास काट्न समेत नपाउदा गाई, भैँसी, बाखा्र भौकै छन ।” उहाले बाहिर हिड्ने जस्तो अवस्था नभएको बताउनुभयो ।
त्यस्तै जल तथा मौसम विज्ञान विभागले जिल्लाको बाणगंगा नदि सहित अन्य स–साना नदिमा पानिको बहाब निकै बढेको र सतर्कताको तह पार गरिसकेकाले तटिय क्षेत्रमा नजान र नदिको आसपासमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८ शुक्रबार ००:००  १२ : ५५ बजे