२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

पार्टीको नाम जसपा लोकतान्त्रिक, चुनाव चिह्न साइकल राखेर दल दर्ता गर्दै महन्थ समूह



काठमाडौं ।
राजनीतिक दलसम्बनधी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग जाने तयारीमा जुटेको छ ।

सत्ता राजनीतिबाट सुरु भएको लडाईंमा उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि खुम्चिएर बसेको पूर्व राजपा समूह राजनीतिक दलसम्बन्धी अध्यादेशको पर्खाइमा थियो ।

मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेसँगै ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको हो । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ ।

“हामी निर्वाचन आयोगमा जानका लागि कोसिस गरिरहेका छौँ । तर, तयारी पूरा भइसकेको छैन,” जसपा नेता लक्ष्मणलाल कर्णले भने, “पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने निर्णय गरेका छौँ । चुनाव चिह्न साइकल दाबी गर्ने गरी तयारी भएको छ ।”

उनले निर्वाचन आयोगमा जानका लागि तयारी गरिरहेको भन्दै तयारी पूरा भए आजै निवेदन दर्ता गर्ने तयारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  २ : ४२ बजे