२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

लगातारको एमाले अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित



बुटवल।
लुम्बिनी प्रदेश सभामा प्रतिपक्षी दल नेकपा एमालेले सदनको कारबाही अघि बढाउन अवरोध गरेपछि आज पनि संसद बैठक स्थगित भएको छ।

एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद बैठक भोलि बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको हो।
एमालेले आफुले कारबाही गरेका सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ।

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन्। उनले संसदको नियमानुसार नै कारबाही अघि बढ्ने बताएका थिए। मंगलबार शुरू भएको सदन एमालेले विरोध गरेपछि स्थगित भएको थियो ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  २ : ४५ बजे