२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सिटीको सानदार जित, नर्विचको पोष्टमा गोलको बर्षा



काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ ।शनिबार भएको खेलमा नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक एक गोल गरे ।

सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको सातौं मिनेटमा नर्विचका गोलकिपर टिम क्रुलको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो ।

१५ औं मिनेटमा फेरान टोरेसको गोलले मान्यता पाएन । गोल अघि फउल भएको कारण भीएआरको सहायताबाट उनको गोलले मान्यता नपाएको हो ।

तर, खेलको २२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता २(० को बनाए । ग्रेलिसको यो सिटीका लागि डेब्यु गोल हो ।

खेलको ६४ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।७१ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीको अग्रता ४(० को बन्यो ।

त्यसपछि खेलको ८४ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए ।

यस जितसँगै सिटीले २ खेलमा ३ अंक जोडेको छ ।पहिलो खेलमा सिटी टोटेनहमसँग पराजित भएको थियो ।लगातार दोस्रो हार व्यहोरेको नर्विचले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : ६ भदौ २०७८ आइतबार ००:००  ६ : १५ बजे