७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कम्युनिस्ट गुरुहरुको फोटो राखेर एकीकृत समाजवादीको पत्रकार सम्मेलन



काठमाडौं ।
बुधबार मात्रै दल दर्ताको मान्यता पाएको नेकपा एकीकृत समाजवादीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको छ। एमालेबाट विभाजित भएर गठन भएको यो दलको पहिलो सार्वजनिक कार्यक्रममै ब्यानरमा नयाँपन देखिएको छ।

नेकपा एमालेको कार्यक्रममा राखिने ब्यानरमा नेपाली कम्युनिस्ट आन्दोलनका चर्चित नेताहरु पुष्ललाल, मदन भण्डारी र मनमोहन अधिकारीको पात्रै फोटो हुने गर्थ्यो। बुधबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुको उपस्थितिमा आयोजित सम्मेलनमा राखिएको ब्यानरको देब्रे कुनामा तिनै तीन नेताहरुको फोटो थियो।

भोलिपल्टै नेपाल पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा ती तीन नेताहरुको फोटो दाहिने कुनामा राखिएको छ। देब्रे कुनामा भने कार्ल मार्क्स, एंगेल्स र लेनिनको फोटो राखिएको छ।

नेकपा एकीकृत समाजवादीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद(लेनिनवाद भएको घोषणा गरिएको छ। ‘यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद-लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो’, पार्टीको घोषणापत्रमा भनिएको छ।

प्रकाशित मिति : १० भदौ २०७८ बिहिबार ००:००  ३ : ४२ बजे