७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

वाणगंगा डुवान प्रभावित क्षेत्रको स्थलगत निरिक्षण



मायादेवी अनलाइन, चारनम्बर
विहिबार राती परेको अविरल वर्षाका कारण वाणगंगा नगरपालिकाको अधिकांश भुभाग डुवानमा परेपछि प्रभावित क्षेत्रको नगरपालिकाले स्थलगत निरिक्षण गरेको छ । नगरपालिकाको अनगुमन टोलीले डुवानका कारण बढि प्रभावित भएका क्षेत्रहरुको स्थलगत निरिक्षण गरेको हो । डुवानका कारण बढि समस्यामा परेका नगरका विभिन्न वडाका बजारक्षेत्र र गाउबस्तीको स्थलगत निरिक्षण गरिएको नगर प्रमुख मंगल प्रसाद थारुले बताउनुभयो ।
डुवानका कारण सिर्जित समस्या, प्रारम्भिक क्षति र त्यसको प्रभावका बारेमा धेरै प्रभावित क्षेत्रहरु पिपरा, ओदारी, कोपवा, मधौली, मटेरिया लगाएतका क्षेत्रहरुको निरिक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो । अनुगमन पश्चात् डुवानका कारण सिर्जित समस्या समाधानका लागि नगरपालिकाले तत्काल योजना निर्माण समेत गरेको छ । स्थलगत निरिक्षणमा नगरप्रमुख मंगल प्रसाद थारु, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, नगरप्रवक्ता विष्णु प्रसाद पौडेल, वडा अध्यक्ष भिष्मराज भुसाल, सोमनाथ अर्याल लगाएतको सहभागीता रहेको थियो ।
डुवानका कारण विभिन्न वडाका बजार र गाउँवस्ती समस्यामा परेपछि सूचनाहरु संकलन र अनुगमनलाई निरन्तरता दिइएको नगर उपप्रमुख चक्रपाणी अर्यालले जानकारी दिनुभयोे ।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  ८ : २३ बजे