नवलपरासी ।
केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको सवस्टेसनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ ।
वर्षा र डुबानका कारण सो सवस्टेसनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए ।
उनले भने, ‘वर्षा र डुबानका कारण ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले तत्कालै शवस्टेसनबाट विद्युत् आपूर्ति गर्न सक्ने अवस्था रहेको छैन।’
सो शवस्टेसनबाट विद्युत् आपूर्ति बन्द भए पनि तत्कालका लागि गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको सवस्टेसनबाट परासी वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई विद्युत् आपूर्ति गरिएको उनको भनाइ छ ।
डुबानका कारण परासीस्थित शवस्टेसनको कम्पाउण्ड वालमा क्षति पुग्दा स्टेसनभित्र पानी पसेर विद्युत् आपूर्तिमा महत्पूर्ण भूमिका निर्वाह गर्ने ब्रेकरसहित उपकरणमा निकै ठूलो क्षति पु¥याएको छ ।
केन्द्रका अनुसार यस शवस्टेसनबाट विद्युत् आपूर्ति गर्न अझै केही दिन लाग्नेछ । प्रमुख श्रीवास्तवले शवस्टेसन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनको तयारी गरिसकिएको र आजैबाट मर्मतसम्भारका काम सुरू गरिने जानकारी दिए ।
सो केन्द्रअन्तर्गत करिब ४४ हजार ग्राहक छन्। तीमध्ये तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको सवस्टेसनबाट विद्युत् आपूर्ति गरिएको हो।







प्रतिक्रिया