२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कालोमोसो दल्नेलाई कारबाही नगरेको भन्दै स्वास्थ्यकर्मीहरुको धर्ना



दाङ ।
तुल्सिपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालोमोसो दलेको एक दिन बित्दा पनि घटनामा संलग्नहरु पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीहरुले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सक लगायत सम्पूर्ण कर्मचारी, अन्य निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्तरुपमा आज शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले नै यस विषयमा चासो नदिएको उनीहरुको आरोप छ ।

शुक्रबार दिउँसो सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित ४र५ जना युवाहरुले डा सिंह माथि दूर्व्यवहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवादले उग्र रुप लिएपछि परियारसहितको टोलीले शुक्रबार डाक्टरमाथि कालोमोसो दलेका थिए ।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  ६ : २० बजे