१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

पहिरोले अरनिको राजमार्ग बन्द



काठमाण्डौ ।

लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग ठप्प भएको छ । बिहान धुलिखेल–पाँचखाल सडक अन्तर्गतको खावा नजिक पहिरो जाँदा राजमार्ग ठप्प भएको हो । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । राजमार्ग बन्द हुँदा सयौँ गाडी र यात्रु अलपत्र परेका छन् । यो राजमार्गले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र तातोपानी नाकालाई काठमाण्डौसँग जोडेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  ११ : ०६ बजे